तनहुँमा किरियापुत्रीले गरे मतदान
मेरोन्यूज
२०८२ फागुन २१ गते १४:५४

डुम्रे (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।
तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन् ।
पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका हु्न् । उनले आफ्ना ८३ वर्षीय बुबाको आज निधन भएको र दाहसंस्कारपश्चात् मतदानमा सहभागी भएको बताए।
“देशमा सुशासन कायम गर्न र वर्तमान अवस्था परिवर्तनका लागि भएको निर्वाचनमा मेरो एक मतले देश बनाउन सहयोग पुग्छ भनेर मतदानमा सहभागी भएको हुँ । मेरो मत सदुपयोग हुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने । एक भाइ रामकृष्ण वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर हुनुहुन्छ । दुई भाइ कृष्ण र ऋषिराम जिल्लाबाहिर रहेका उहाँले बताए ।
सम्बन्धित















झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया