हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्नुपर्ने माग गरेका छन्। जबकि रास्वपाले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई घोषणा गरिसकेको छ।
तर पूर्वमेयर नै रहेका साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बालेन होइन, रविलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।
उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नैपर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो! सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ! नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन।’
बालेन र साम्पाङ दुवै मेयर पदबाट राजीनामा दिँदै प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा होमिएका थिए । बालेनले चुनाव जितेका छन् भने हर्क प्रतिस्पर्धामा सुरिक्षत अवस्थामा अग्रता कायम गरीरहेका छन् ।

















आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई
हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया