सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
मेरोन्यूज
२०८२ फागुन २४ गते १८:१८

धरान (सुनसरी) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी भएका छन् ।
थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुजन लामाले आठ हजार ३०३ मत तथा श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत प्राप्त गरे ।
यस क्षेत्रमा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। इटहरी, इनरुवा, देवान्गञ्ज, राधुनी, हरिनगरा गरी ३० वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता रहेकामा एक लाख एक हजार चार मत खसेको थियो ।
सम्बन्धित















यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने
दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया