प्रतिनिधिसभा निर्वाचनः कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

कर्णाली। प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले पाँच, नेपाली कम्युनिष्ट पार्टीले चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक स्थानमा जित हात पारेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवारहरु सुर्खेत क्षेत्र नं १बाट बिष्णुबहादुर खड्का, दैलेख क्षेत्र नं १बाट बासना थापा, जाजरकोटबाट खडकबहादुर बिसी, मुगुबाट खड्गबहादुर शाही र हुम्लाबाट जयपति रोकाया निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरु सल्यानबाट रमेश मल्ल, रुकुमपश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं.२ बाट रास्वपाका रमेशकुमार सापकोटा, दैलेख क्षेत्र नं.२ बाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल र एक मात्रै निर्वाचन क्षेत्र भएको जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही निर्वाचित भएका हुन् ।
















अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया