समानुपातिकतर्फ रास्वपाले कटायो ४१ लाख मत, अरु कुन दलले कति पाए ?
मेरोन्यूज
२०८२ फागुन २५ गते १३:०६

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४१ लाख मत कटाएको छ ।
निर्वाचन आयोगका अनुसार ८५ लाख दुई हजार ८४२ मतगणना हुँदा रास्वपाले ४१ लाख १० हजार ६९४ मत पाएको छ ।
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ७७ हजार ७१७ मत प्राप्त गरेको छ । नेकपा (एमाले) ११ लाख ६२ हजार ७०२ मत ल्याएर तेस्रो स्थानमा छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ६ लाखनजिक पुगेको छ । चौथो स्थानमा रहेको नेकपाले पाँच लाख ९९ हजार ५९४ मत पाएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख १ हजार १२९ मत प्राप्त गरेकाे छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी २ लाख ८२ हजार ५५ मत प्राप्त गरी छैटौँ स्थानमा रहेको छ ।
सम्बन्धित
















इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत
दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया