समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १२ लाख ३१ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ५६ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख १३ हजार ४८९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९४ हजार ३५५ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको मतगणना प्रबिष्ट प्रणालीका अनुसार जनता समाजवादी पार्टी नेपालले एक लाख ४० हजार २३७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३७ हजार २४५, जनमत पार्टीले ६२ हजार ४६० र राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी÷नागरिक उन्मुक्ति पार्टीले ५० हजार ५१ मत प्राप्त गरेको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२४ उम्मेदवार विजयी भइसकेका छन् । कांग्रेस १७, एमाले सात, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।
जारी मतगणनामा रास्वपा, कांग्रेस र एमालेले एक/एक क्षेत्रमा अगाडि रहेका छन् । गोरखा क्षेत्र नं १ मा रास्वपा, इलाम क्षेत्र नं १ मा कांग्रेस र सङ्खुवासभा क्षेत्र नं १ मा एमाले उम्मेदवार अगाडि छन् ।
















बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
बैतडीमा ७ उम्मेदवारको जमानत जफत
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
प्रतिक्रिया