विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावलाई संघर्षको मोर्चामा रुपमा प्रयोग गरेकाे बताएका छन् । विप्लवले चुनावमा आम चुनावमा खट्ने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद समेत दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत् उनले ‘क्रान्तिको यात्रामा चुनाव आयो । चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं,’ उनले भनेका छन्, ‘१३० ठाउँमा कमरेडहरू पार्टीको निर्णय अनुसार जोस र उत्साहका साथ मोर्चामा नेतृत्व गर्नुभयो । एकदमै मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार, नीति र उद्देश्य राख्नु भयो ।’
महासचिव विप्लवले चुनावका क्रममा जनताले सबैतिर सकारात्मक सद्भाव राखेको जिकिर गरेका छन् ।‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो। संसद्मा पुगेर मात्र होइन, जनताको बीचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ,’ उनले लेखेका छन् ।
विप्लपले भनेका छन्, ‘पूँजीवाद रहेसम्म समाजवादी-साम्यवादी क्रान्ति जारी रहनेछ ।’ नेकपा (माओवादी) ले सोमबार साँझसम्म समानुपातिकतर्फ देशभरिबाट २२ हजार ११८ मत पाएको छ भने प्रत्यक्षतर्फ पनि उम्मेदवारहरूले निकै कम मात्र मत प्राप्त गरेका छन् ।

















हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया