मंगलबार, फागुन २६, २०८२

काठमाडौं संसारकै तेस्रो वायु प्रदुषित शहरमा

मेरोन्यूज २०८२ फागुन २६ गते १०:२४
काठमाडौँ २५ फागुन : काठमाडौँकाे मनमैजुबाट आइतबार बिहान देखिएको तुवाँलाेले ढाकीएकाे काठमाडाैँका घर बस्ती।तस्बिर : हरिराम भेटुवाल/ रासस

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर निकै खराब हुँदा काठमाडौं आज संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

दिल्ली र ढाका दुवैमा वायु प्रदूषण निकै अस्वस्थको तह पार गरेका छन् । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स २०० माथि छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

प्रतिक्रिया