राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड

काठमाडौँ: अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई अघि बढाउन तथा विकासका दृष्टिले सबैभन्दा पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ अपरिहार्य रहेको बताएका छन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले कार्यादेश कार्यान्वयन समीक्षासम्बन्धी अनौपचारिक तदर्थ कार्यसमूहका सहअध्यक्षहरूसँग आयोजित राजदूतस्तरीय बैठकमा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।
बैठकमा उनले कार्यादेश कार्यान्वयन प्रक्रियाप्रति अल्पविकसित मुलुक समूहको पूर्ण समर्थन रहेको पुनः दोहोर्याउँदै संयुक्त राष्ट्रसङ्घभित्र गरिने सुधारहरूले यसको विकाससम्बन्धी स्तम्भलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
राजदूत थापाले पर्याप्त स्रोतसाधन सुनिश्चित गर्न तथा कार्यादेशकाृ प्रभावकारी कार्यान्वयन गर्न तथा अल्पविकसित मुलुकहरूका लागि मापनयोग्य उपलब्धि हासिल गर्न आवश्यक भएको बताए।
उनले अल्पविकसित मुलुक, विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूका लागि संयुक्त राष्ट्रङ्घीय उच्च प्रतिनिधिको कार्यालयले दोहा कार्ययोजना कार्यान्वयनलाई अघि बढाउन तथा विश्वका सबैभन्दा कमजोर राष्ट्रहरूको विकास प्राथमिकतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुएको उक्त नियोगले जनाएको छ ।















आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया