गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे

गोरखा: सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी निधन हुने सात जना भारतीय नागरिक छन् । भारतका करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ का सिवगामी, ५७ वर्षका विजायल, ५८ वर्षकी मीना र ६० वर्षका तमिलारसीको घटनास्थलमा नै मृत्यु भएको छ ।
मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको हो । सडकखण्डबाट करिब २०० मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जनाइको छ ।
प्रहरी प्रमुख विकका अनुसार घटनाका घाइतेलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको छ । ६२ वर्षका सोरनम, ६५ वर्षका मङ्गदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ वर्पकी मायाल, ७३ वर्षकी सरोजा, ७५ वर्षकी भाग्यलक्ष्मी र ३४ वर्षकी मीनाक्षीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चालक लमजुङको बेँसीसहर नगरपालिका–१ का ४६ वर्षका पुष्प मल्ल ठकुरी सकुशल छन् भने सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षका सन्तोष गुरुङ घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया