सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ : शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा रु चार हजार ८०० र चाँदीको मोल रु २२५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २७० निर्धारण भएको छ ।
गत शुक्रवार एक तोला सुन रु तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४९५ मा कारोबार भएको थियो । बिहीवार छापावाल सुन प्रतितोला रु तीन लाख १७ हजार र चाँदी रु पाँच हजार ५१५ मा कारोबार भएको थियो ।
गत बुधवार रु तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।















अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
प्रतिक्रिया