उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।घटनामा घाइते भएकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको प्रहरीले जनकारि दिैएकाे छ ।
त्यसैगरि सोमबार साँझ नै कटारी नगरपालिका वडा नम्बर ८ थलियाटार निवासी एक महिलाको पनि हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय मदन बहादुर तामाङकी पत्नी ४९ वर्षीया मिनामाया तामाङ छिन्। घर नजिकै रहेको गोठबाट खसीबाख्रा घरमा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले भाँचिएका कटमिरोको रुखको हाँगाले लाग्दा उनको मृत्यु भएको हो।

















रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
Storm induced disasters kill two, injuring six others in Udayapur
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया