रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
मेरोन्यूज
२०८२ चैत ४ गते १२:५२

काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टीका नवनिर्वाचित सांसदलाई अभिमुखीकरण तालिम दिइरहेको छ ।
मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सुरु भएको अभिमुखीकरण आज समापन हुँदै छ । संसदीय मर्यादा सिकाउन सांसदहरुलाई अभिमुखीकरण तालिम दिइएको हो ।
उक्त अभिमुखीकरणमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहभागी नहुने भएका छन् । मंगलबार कार्यक्रममा सहभागी नभएका पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन आज उपस्थित भई सम्बोधन गर्ने बताइएको थियो ।
तर दोस्रो दिन सभापति लामिछाने सहभागी हुने भएपनि वरिष्ठ नेता शाह सहभागी नहुने पार्टीका एक नेताले जानकारी दिए । आगामी सरकारको गृहकार्यमा रहेको र केही दिनमा शारीरिक र मानसिक रूपमा खट्नुपर्ने भएकाले उनी उपस्थित नहुने जनाइएको छ ।
सम्बन्धित

















लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया