चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन। जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।
शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ । निर्वाचन पछि रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ ।
रक्तदानका कार्यक्रमहरु न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो । शाखाले यहाँ संञ्चालन गरेको प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरुमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरु आएर रक्तदान गर्ने गरेका छन् । बाहिरबाट आएका बिरामीहरुको उपचार रगतका कारण रोकिन थालेको छ ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिदैं आईएको छ ।
यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पु¥याउन कठिन भएको उनले बताए । क्यान्सरका बिरामीहरुलाई धेरै रगतको आवश्यक पर्दछ ।
यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ । रक्तदानका कार्यक्रमहरु नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया