‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ आयोजना हुँदै, ७ लाखसम्मको विशेष सुविधा

काठमाडाैं। फोर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा. लि. ले ‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’को घोषणा गरेको छ । कम्पनीले यहि चैत ६ गतेदेखि ८ गतेसम्म काठमाण्डौको थापाथलीमा एक्सचेञ्ज अफर आयोजना गर्न लागेको हो ।
यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फोर्थिङ फ्राइडेसँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
उक्त आयोजनामार्फत ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन्, जसमा विभिन्न सुविधाहरू समेत पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आयोजनामा ग्राहकहरुले हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने, नयाँ फोर्थिङ फ्राइडेको खरिदमा आकर्षक नगद छुट, यात्राको पूर्ण निश्चिन्तताका लागि विस्तृत बीमा कभरेज, स्वामित्व प्रक्रियालाई सहज बनाउन एक वर्षको सडक दस्तुर समावेश र कुनै अतिरिक्त शुल्क बिना आवश्यक सामग्रीहरू (निःशुल्क स्पेयर टायर र एसी चार्जर) उपलब्ध हुनेछन् ।
‘फोर्थिङ एक्सचेञ्ज फेस्ट’ केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा रहेको कम्पनीले जनाएको छ । ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउने कम्पनीले दाबी गरेको छ ।
फोर्थिङ चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी ‘डोङफेङ मोटर ग्रुप’को सहायक कम्पनी Dongfeng Liuzhou Motor Co. Ltd. अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रा. लि. नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया