शुक्रबार, चैत ६, २०८२

एमएडब्लू वृद्धिको मेगा एक्सचेन्ज चैत १२–१४ मा

मेरोन्यूज २०८२ चैत ५ गते १२:२६

काठमाडौं । एमएडब्लू वृद्धिले ईभी ब्रान्ड दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ । आगामी चैत १२ देखि १४ गतेसम्म देशैभर आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुन पाउने कम्पनीले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन् ।

नेपालमा दिगो यातायाततर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लू वृद्धि नवीन तथा ग्राहककेन्द्रित पहलमार्फत ईभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल ईभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको कम्पनीको दाबी छ ।

काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरूमा आयोजना हुनेछ ।

प्रतिक्रिया