शुक्रबार, चैत ६, २०८२

चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी

मेरोन्यूज २०८२ चैत ५ गते २०:४४

काठमाडाैँ । नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ।  

बिहीबार साँझ सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको थियाे । राजधानीको रोयल सिंगी होटलमा भएकाे छलफलमा सांसदको शपथ लिएलगत्तै प्रधानमन्त्रीले शपथ ग्रहण लिने टुङ्गो लागेको हो। 

‘आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुहुनेछ’, रास्वपाका एक शीर्ष नेताले भने। 

प्रतिक्रिया