ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासनिक भवन ‘ब्लक–सी’ को शनिबार उद्घाटन गरिएको छ ।
प्रमुख चिरीबाबु महर्जनले भवन उद्घाटन गर्दै अब तीनवटा प्रशासनिक भवनमार्फत नगरबासीलाई सहज र एकीकृत सेवा उपलब्ध गराइने बताए ।
उनका अनुसार महानगरको पुरानो भवनलाई ‘ए’, गत मंसिर २० गते राष्ट्रपतिबाट उद्घाटन भएको भवनलाई ‘बी’ र नयाँ भवनलाई ‘सी’ नामाकरण गरिएको छ । यी तीन भवनमार्फत आवश्यक सेवा प्रवाह गर्न सकिने भएकाले हाललाई थप भवन आवश्यक नपर्ने उनले उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा भवन निर्माणमा प्राविधिक सहयोग पु¥याउने परामर्शदाता कम्पनीलाई सम्मानपत्र प्रदान गरिएको थियो । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आधुनिक सुविधासहित अपाङ्गतामैत्री भवनले स्थानीयलाई गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टाराईले नगर प्रमुखको नेतृत्वमा ललितपुर महानगर नमुना नगरका रूपमा विकास हुँदै गएको उल्लेख गरे। प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ए, बी र सी तीन भवनबाट एकीकृत सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिए ।
नयाँ भवनमा ज्येष्ठ नागरिक तथा अपाङ्गतामैत्री संरचना, लिफ्ट, भ¥याङ र ११७ सिट क्षमताको सेमिनार हल रहेका छन् । यस भवनबाट वडा–१२ का सम्पूर्ण सेवा र महानगरका विभिन्न स्थानबाट प्रदान हुँदै आएका अन्य प्रशासनिक सेवा समेत उपलब्ध गराइनेछ ।
वडा–१२ का अध्यक्ष नारायणलाल अवालेले निर्माण प्रक्रियामा विभिन्न अवरोध आए पनि अन्ततः सफलतापूर्वक भवन निर्माण सम्पन्न हुँदा खुसी व्यक्त गर्दै स्थानीयलाई सहज सेवा दिने प्रतिबद्धता जनाए ।
















नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया