आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल

काठमाडौं । आज २०८२ साल चैत ९ गते सोमबार चैत शुक्ल पक्षको पञ्चमी तिथि तदनुसार सन् २०२६ मार्च २३ तारिख। विश्व मौसम विज्ञान दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :कार्यक्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउनेछ। परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृष :साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। पहिलाको सफलताले थप हौसला जगाउने छ। आत्मविश्वास र मनोबलमा वृद्धी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन :कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। व्यपार व्यवयायलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। नयाँ अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : आकस्मिक खर्च बढ्नाले अर्थभाव देखा पर्न सक्छ। केही प्राप्त गर्नलाई केही त्याग पनि गर्नु पर्ला। प्रयत्न गर्दा वैदेशिक यात्राको प्रक्रिया अघि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
सिंह : सानो समयमा व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा आएका समस्याहरूको समाधान गर्न सकिनेछ साथै सहयोगीहरूले सहयोग दिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या :विशिष्ट व्यक्तिको सहयोगले महत्त्वकांक्षी काम बन्न सक्छ। उपलब्धि हात पार्दै जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ। सवारी साधन चलाउन सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
तुला :सामाजिक कार्यले थप हौसला जगाउनेछ। प्रत्यक्ष नतिजा अनुकूल रहनाले उत्साह जाग्नेछ। धैर्य र पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक :विभिन्न समस्या र बाधाहरूले गर्दा दिगो काम प्रारम्भ गर्न नसकिएला| आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। बाटो काट्दा र सवारी साधन चलाउँदा सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
धनु :दाम्पत्य जीवनमा केही असमझदारी बढ्नेछ। पारिवारिक जनको सहयोगले जटिल काम पनि बन्दै जानेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मकर :भौतिक संसाधन जुटाउन सकिनेछ। नयाँ अभियानमा शुभचिन्तकहरुले साथ दिनेछन्। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ। भविष्यको लागि नयाँ कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ :काम दोहोराएर गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आफ्नो क्षमताको प्रदर्शन गरेर स्वरोजगारको बाटो खोल्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
मीन :पुरानो कुराहरूलाई सोचेर मनमा चिन्ता बढ्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आत्मसमीक्षा गर्नु हितकर हुनेछ। सत्पात्रको संगत र मार्गदर्शनले व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
















विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया