एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन

एशियाली व्यापार एकीकरणका आधारहरू निरन्तर बलियो हुँदै गएको ‘बोआओ फोरम फर एसिया’ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार, सन् २०२३ मा ५६.३ प्रतिशत रहेको क्षेत्रीय आन्तरिक व्यापारमा निर्भरता २०२४ मा ५७.२ प्रतिशत पुगेको छ । यसले क्षेत्रका प्रमुख अर्थतन्त्रहरू आपसी व्यापार सम्बन्धमा अझ बढी केन्द्रित हुँदै देखाउँछ ।
विशेष गरी, एशिया–प्रशान्त क्षेत्रका प्रमुख अर्थतन्त्रबीच द्विपक्षीय व्यापार गतिशीलतापूर्वक बढिरहेको छ । यसमा दक्षिणपूर्व एशियाली राष्ट्रहरूको आन्तरिक व्यापार पुनरुत्थान मुख्य भूमिका खेलिरहेको छ, र यी राष्ट्र र चीनबीचको द्विपक्षीय व्यापारले यस पुनरुत्थानलाई नेतृत्व प्रदान गरिरहेको छ ।
प्रतिवेदनमा चीनको भूमिका पनि प्रकाश पारिएको छ । चीनको उदीयमान अर्थतन्त्रतर्फको निर्यात जापान र कोरिया गणराज्यतर्फको निर्यातभन्दा छिटो बढिरहेको छ ।
यसले चीनलाई क्षेत्रीय व्यापारको केन्द्रको रूपमा स्थापित गरेको छ र यसको बजार आकार र बलियो मध्यम वस्तु आपूर्ति यस भूमिकालाई अझ मजबुत बनाउँदैछ ।
चीन र यसको साझेदारहरूसँगको सम्बन्ध अब परम्परागत व्यापार साझेदारीको सीमाभन्दा पर गएर ‘साझा भविष्य भएको समुदाय’ तर्फ बढिरहेको छ । यस सम्बन्धमा उद्योग र मूल्य श्रृङ्खलाहरू आपसमा अझ गहिरो रूपमा अन्तरसम्बन्धित हुँदैछन् ।
प्रतिवेदनले डिजिटल पूर्वाधारमा बढ्दो लगानी, एशियाका विशाल बजारहरूको बढ्दो माग र गहिरो क्षेत्रीय आर्थिक एकीकरणले गर्दा, यो क्षेत्र विश्व सेवाहरूको व्यापारमा सहभागी मात्र नभई यसको मुख्य वृद्धिदायक शक्तिमा रूपान्तरण हुँदै उल्लेख गरेको छ ।
यो प्रक्रिया क्षेत्रका देशहरूलाई मात्र आर्थिक रूपमा लाभान्वित गर्दै छैन, सँगै समग्र एशियाली आर्थिक संरचना र वैश्विक व्यापार परिदृश्यमा पनि महत्वपूर्ण प्रभाव पारिरहेको छ । —
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया