मोरङको पाँच स्थानमा बर्डफ्लु

मोरङ, १० चैतः जिल्लाका पाँच स्थानमा बर्डफ्लु सङ्क्रमण फैलिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टी गरेको छ ।
यहाँ विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको हाे ।
सङ्क्रमण पुष्टि भएका क्षेत्रमा पक्षी, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । पछिल्ला केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम वृद्धि भएसँगै दैनिक आठदेखि नौ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेको प्रयोगशालाका प्रमुख डा कमल गिरीले बताए ।
उनका अनुसार गत साउनयता परीक्षण गरिएका १९८ नमूनामध्ये ४५ वटामा बर्डफ्लु पुष्टि भइसकेको छ । शङ्कास्पद नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको डा गिरीले जानकारी दिए ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया