नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना

काठमाडाैँ । सामसङ नेपालले ‘Smart Ghar, Smart Suruwat’ अफर अभियान घोषणा गरेकाे छ ।
यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ। विश्वकै नम्बर १ Vision AI टिभी र Bespoke AI होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूमा समावेश छन् ।
यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ।
यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६kg Surf Excel Matic पक्का उपहारको रूपमा नि:शुल्क पाइन्छ।
अब नयाँ २४ महिना EMI योजनासँग सामसंगका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिना EMI को तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।
Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित, सामसंग इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिना EMI योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिना EMI विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागू हुन्छ।
साथै, नयाँ सामसंगटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत सामसंगरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्।

















भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया