बिहीबार, चैत १९, २०८२

६ सहसचिवको सरुवा

मेरोन्यूज २०८२ चैत १७ गते २०:३७

काठमाडौं । सरकारले प्रमुख प्रशासकीय अधिकृतविहीन ४ वटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउँदै६ जना सहसचिवको सरुवा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो । 

बैठकले प्रदीप परियारलाई संघीय मामिलाबाट सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ । परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन् ।

यस्तै टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजमा पठाइएको छ ।

त्यसैगरी ज्ञानहरि घिमरेलाई जनकपुरधाम उपमहानगरमा कामकाज र नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा अन्तरगत सरुवा गरिएको छ ।

प्रतिक्रिया