बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह

बागमती, १७ चैत: नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यही चैत २४ गतेभित्र बागमती प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको बैठकले चैत २४ गतेभित्र प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको सचेतक पुकार महर्जनले जानकारी दिए ।
यहाँ संसदीय दलका नेता बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री छन् । बैठकले प्रदेश सरकारद्वारा गठित प्रशासनिक पुनः संरचना समितिले बुझाएको प्रतिवेदन अध्ययन गरी एक साताभित्र थप सुधारका लागि सुझाव दिने निर्णय गरेको छ ।
यस्तै, हाल कायम प्रदेशको मन्त्रालय सङ्ख्या १४ बाट घटाएर सात वटा कायम गर्न र कार्यान्वयन गर्न सकिने गरी मात्र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिने निर्णय भएको सचेतक महर्जनले बताए ।
प्रदेशसभाको रिक्त सभामुखमा दाबी गर्न पार्टीभित्र चर्काे दबाब रहे पनि अन्य दलसँगको सहमतिमा सभामुखको टुङ्गो लगाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिए ।
यहाँ विगत सात महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत साउन २७ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया