तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् ।
आयोजनाको विद्युत्गृह चिचिला गाउँपालिका-२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ । यसको निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले गरिरहेको छ । छ महिनादेखि तलब नपाएको भन्दै आजदेखि काम ठप्प पारिएको मजदुरहरू बताउँछन् ।
निर्माण कम्पनीले समयमा तलब भुक्तानीका लागि चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै मजदुर तथा पेटी ठेकेदारले काम रोकेका हुन् । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले आयोजनाको विद्युत्गृहका मजदुरले समयमा तलब भुक्तानी माग गर्दै आन्दोलन सुरु गरेका जानकारी पाएको बताए । यसअघि पनि मजदुरले समयमा तलब भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएको उहाँले जानकारी दिए ।
नौ सय मेगावाटको उक्त आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको ड्याम फ्याक्सिदा र विद्युत्गृह पुखुवा क्षेत्रमा कार्यरत तीन हजारभन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत खर्च रु एक खर्ब २० अर्ब अनुमान गरिएको छ ।
प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । उक्त आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्कमा छुट प्राप्त गर्ने विकास सम्झौतासम्बन्धी पत्रमा उल्लेख रहेको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिए ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया