हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई स्वागत गर्दै “हुन्डाईसँग शुभ यात्रा २०८३” अफर घोषणा गरेको छ । यस नयाँ वर्ष हुन्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू समावेश गरिएको छ ।
यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुन्डाईका सवारी साधनहरूमा रु। १ लाख ७५ हजारसम्म नगद छुट र रु। ९६ हजारसम्म नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन् । साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर सुविधा उपलब्ध हुनेछ । यससँगै सवारी साटफेर मूल्याङ्कन सुविधा पनि प्रदान गरिनेछ, जसले गाडी किन्ने प्रक्रियालाई अझ सहज र लाभदायक बनाउनेछ ।
यस अफरलाई थप आकर्षक बनाउँदै हुन्डाईले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनि निरन्तर उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क मर्मत सेवा र ३ वर्षको प्रत्याभूति समावेश गरिएको छ, जसले गुणस्तर, विश्वासयोग्यता र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ ।
नेपालप्रतिको आफ्नो प्रतिबद्धता अझ मजबुत बनाउँदै हुन्डाई नेपालले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्यू जस्ता लोकप्रिय सवारी साधनहरू नेपालमै संयोजन गर्दै आएको छ । यस प्रक्रियामा पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ । ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्द्धन र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
लोकप्रिय सवारी साधनहरू र ग्राहक मैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ विशेष र लाभदायक बनाउने लक्ष्य राखेको छ ।
हुन्डाई नेपालले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै, नजिकको हुन्डाई प्रदर्शन कक्षमा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाई आमन्त्रण गरेको छ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया