शुक्रबार, चैत २०, २०८२

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल

मेरोन्यूज २०८२ चैत १९ गते २१:०४

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । थापाले बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका थिए । उनले जेनजी आन्दोलन र रास्वपामाथि कडा कटाक्ष गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

पौडेले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्,’ उनले फेसबुकमार्फत भनेका छन् ।

पौडेलले थापाको उक्त अभिव्यक्तिप्रति भोलिको केन्द्रीय सचिवालयको बैठकमा छलफल र निर्णय हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।

उनले थप भनेका छन्, ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’

प्रतिक्रिया