चीनमा ५० करोड बढीले लगाए कोरोनाबिरुद्धको खोप,अरु देशमा कति ?

काठमाडौं । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा कोभिड–१९ विरुद्ध खोप करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको जनाएको छ । विश्वमा खोप लगाउने अभियानमा हाल चीन अग्रस्थानमा छ ।
कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । चीनले आफ्नै देशका सिनोफार्म कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ ।
विश्वभर करिब एक अर्ब ६० करोड डोज खोप लगाइएको छ । संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन् ।
त्यस्तै, ब्राजिलमा तीन करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खोप लिएका छन् ।
यता, नेपालमा पनि कोरोनाविरुद्ध खोपको पहिलो डोज २१ लाख १३ हजार ८० जनाले लिएका छन् भने दोस्रो डोज ५ लाख ३१ हजार ५६८ जनाले लगाईसकेका छन् । बिबिसी
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया