चीनमा ५० करोड बढीले लगाए कोरोनाबिरुद्धको खोप,अरु देशमा कति ?

काठमाडौं । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा कोभिड–१९ विरुद्ध खोप करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको जनाएको छ । विश्वमा खोप लगाउने अभियानमा हाल चीन अग्रस्थानमा छ ।
कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । चीनले आफ्नै देशका सिनोफार्म कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ ।
विश्वभर करिब एक अर्ब ६० करोड डोज खोप लगाइएको छ । संयुक्तराज्य अमेरिकामा करिब १६ करोड तथा भारतमा करिब १५ करोड व्यक्तिले कम्तीमा एक डोज खोप पाएका छन् ।
त्यस्तै, ब्राजिलमा तीन करोड ८२ लाख, संयुक्त अधिराज्यमा तीन करोड ७५ लाख, जर्मनीमा तीन करोड ३२ लाख, फ्रान्समा दुई करोड २१ लाख, इटालीमा दुई करोड तथा क्यानडामा एक करोड ८७ लाखले खोप लिएका छन् ।
यता, नेपालमा पनि कोरोनाविरुद्ध खोपको पहिलो डोज २१ लाख १३ हजार ८० जनाले लिएका छन् भने दोस्रो डोज ५ लाख ३१ हजार ५६८ जनाले लगाईसकेका छन् । बिबिसी













तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया