झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
मेरोन्यूज
२०८२ चैत २१ गते १४:०९

बिर्तामोड (झापा)। झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो ।
आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भिर घाइते भएकी थिइन् । उनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















रूसमा ड्रोन आक्रमण: ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
प्रतिक्रिया