देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
मेरोन्यूज
२०८२ चैत २३ गते १७:०१

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा एक पुरुष आज मृत भेटिएका छन् । उहाँकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।
स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित मृतावस्थामा फेला परेका हुन् । उनकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
उनका अनुसार घाइते गुलबासेनियालाई उपचारका लागि चितवन लगिएको छ । घरमा दम्पती मात्र बस्दै आएका र छोराबुहारी छुट्टै घरमा बस्दै आएको खुलेको छ । घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
सम्बन्धित
















गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया