लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन् ।
प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको छैटौँ बैठकमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा पर्नुपर्ने बताए । उनले कृषिमा मल, बीउबिजन र राहत प्याकेज नआएकोप्रति प्रश्न उठाउँदै सरकारलाई स्पष्ट जवाफ दिन आग्रह गरे ।
प्रदेशसभा सदस्य वीरबहादुर रानाले सङ्घीयताको मर्मअनुसार काम हुन नसकेको भन्दै प्रदेशलाई बलियो बनाउन स्वाभिमानमा आधारित शासन आवश्यक रहेको बताए ।
प्रदेशसभा सदस्य अम्बिका काफ्लेले महिलामाथि हुने हिंसा अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । अर्का प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले बलात्कारका घटनामा वृद्धि भएको भन्दै कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे ।
प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले वार्षिक योजना कार्यान्वयनमा ढिलाइ हुँदा बजेट ‘फ्रिज’ हुने अवस्था आएको बताए । प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले सबै पक्षले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभा सदस्य भगवती अधिकारीले विज्ञापन नीतिले निजी सञ्चारमाध्यमलाई असर पार्न सक्ने जोखिम औँल्याउँदै यसबाट लोकतन्त्र कमजोर बन्न सक्ने चेतावनी दिइन् । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले अधिकांश योजना कार्यान्वयनमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
यसैबीच, वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले बैठकमा ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस गरेका छन् ।
















कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया