अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार

इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावमा आफ्नो प्रतिक्रिया दिँदै अस्थायी युद्धविरामलाई अस्वीकार गरेको छ।
इरानी न्यूज एजेन्सी इर्नाका अनुसार इरानले अस्थायी युद्धविरामको साटो युद्धको ‘स्थायी अन्त्य’ हुनुपर्ने र यसमा इरानका सरोकारहरूलाई सम्मान गरिनुपर्ने कुरामा जोड दिएको छ । इरानले आफ्नो प्रस्तावमा पूरै क्षेत्रमा चलिरहेका द्वन्द्वहरू समाप्त हुनुपर्ने माग राखेको छ।
इरानले हर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको सुरक्षित आवागमनका लागि एक निश्चित नियम बनाउनुपर्ने प्रस्ताव गरेको छ। इरानले युद्धबाट भएको क्षतिको पुनर्निर्माण र आफूमाथि लगाइएका प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनुपर्ने माग पनि राखेको छ।
युद्धका बीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई मङ्गलबारसम्म हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्न चेतावनी दिँदै अन्यथा ‘नर्क देखाइदिने’ धम्की दिएका छन् । आज अमेरिकाले ४५ दिनको युद्धविरामको प्रस्ताव राखेको थियो तर इरानले अस्विकार गरेको छ ।















कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया