मंगलबार, चैत २४, २०८२

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

मेरोन्यूज २०८२ चैत २४ गते ८:१६

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको । बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोशी प्रदेशको तराई भूभागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थान तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया