आइतबार, वैशाख ६, २०८३

स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?

मेरोन्यूज २०८३ वैशाख ५ गते ७:५५

स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ । शरीरका अरु भागमा पनि फैलन सक्छ । यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुन सक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ । यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ । यो क्यान्सर महिलामा बढी देखिने भएपनि पुरुषमा पनि हुनसक्छ । ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सरलाई समयमै पत्ता लगाउन सक्यौ भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौं । यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै बंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ । यो क्यान्सर छिटो पत्ता लगाउन सक्यो भने बाच्ने सम्भावना ९८ प्रतिशत सम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपालमा स्तन क्यान्सर

 ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ ।

६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ ।

करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसीका ग्रन्थीलाई निकालेर फालिन्छ । प्यालिएटीभ हेरचाह गर्ने संस्था र प्रबिधि कम छ ।

४०—४९ वर्षको उमेर समुहमा यो बढी देखिएको छ । फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ ।

प्रति वर्ष करिब २०० जना स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्येक वर्ष ५ प्रतिशतले बढी रहेको छ । तर, समुदायमा कैयौं बिरामीहरु पहिचान नभई बसेका छन् ।


स्तन क्यान्सरको लक्षण र चिन्हहरु के—के हुन सक्छन् ?

 स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा

स्तनको छालामा परिवर्तन देखिएमा स्तनको आकार र बनावटमा परिवर्तन आएमा

स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा स्तनको मुन्टो भित्रतर्फ गडेमा,

यसको आकार र स्थानमा परिवर्तन भएमा स्तनमा गाँठो अनुभव भएमा स्तनको मुन्टो वरिपरीको छाला रातो देखिएमा काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा

स्तन क्यान्सरको जोखिम कसलाई बढी छ?

 ढिलो सन्तान जन्माउनेहरु

कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि)

 पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि) स्तनपान कम गराउने

बढी चिल्लो बोसोयुक्त खाना खाने

चुरोट र अत्याधिक रक्सीको सेवन गर्ने

विकिरणको नजिक रहने

स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने?

स्वयम् स्तन जाँच विधि क्लिनिकल जाँच विधि

म्यामोग्राफी जाँच

हाई रेजोलुशन भिडियो एक्स रे

अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स रे

एमआरआई

स्तन क्यान्सर रोकथामको लागि के गर्ने ?  

स्वास्थ्य चेतानामूलक कार्यक्रम  स्तन क्यान्सर स्क्रीनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनअनुसार)

-२०—३९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि

-४०—४९ वर्षः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि,

४० वर्षमा म्यामोग्राफी जाँच र त्यसपछि प्रत्येक २—२ वर्षमा म्यामोग्राफी जाँच

-५० वर्ष र माथिको उमेरः प्रत्येक महिना स्वयंम स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थ्यकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच

एजेन्सीको सहयोगमा


प्रतिक्रिया