बाँकेमा एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते
मेरोन्यूज
२०८३ वैशाख ६ गते ९:३७

बिहानै योग गर्न आयुर्बेद अस्पताल जाने क्रममा सडक पार गरिरहँदा तीव्र गतिमा आएको एम्बुलेन्सले उनीहरूलाई एकसाथ ठक्कर दिएको हो।
बाँकेमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। घटनामा थप दुई जना घाइते भएका प्रहरीले जनाएको छ।
कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले आज बिहान सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
गुलरिया-७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको हो। दुर्घटनामा ५२ वर्षीय भूमि लामिछाने र उनका ५ वर्षीय नाति रिहान्स खरेलको मृत्यु भएको हो ।
दुर्घटनामा मृतक भूमिकी पत्नि सीता लामिछाने र अर्का स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया