मंगलबार, चैत ३, २०८२

बन्दाबन्दीमा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग

मेरोन्यूज २०७८ जेठ ११ गते ७:३७

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ का २५० घरधुरीलाई बन्दाबन्दीको समयमा राहत वितरण गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले तेस्रो पटक पनि बन्दाबन्दी गरिएको छ । बन्दाबन्दीमा परेका नागरिकलाई डाडाफया गाउँका स्थानीयवासी बलिवीर शाहीले खाद्यान्न सहयोग गरेका हुन् । शाहीले अतिविपन्नलाई दुई बोरा चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन, मध्यमखालको घरपरिवारलाई एक बोरा चामल तथा गाउँका अन्य बाँकी घरधुरीलाई प्रतिघर १५ केजी चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन निःशुल्क सहयोग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

करिब दुई हप्तादेखिको निषेधाज्ञाले गाउँबाहिर आन्तरिक काम गर्न नपाएर दैनिकी चलाउन समस्यामा परेका तथा आर्थिक अवस्था कमजोर भएका डाडाफयाका नागरिकलाई उक्त सहयोगले केही राहत मिलेको छ । मर्दापर्दा चाहिने गाउँका नागरिक नै भएकाले बन्दाबन्दीको समयमा आफूले सहयोग गर्न पाउँदा अलिकति भए पनि उनीहरुलाई राहत मिलेको शाहीको अनुभव सुनाए । रासस

प्रतिक्रिया