बन्दाबन्दीमा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ का २५० घरधुरीलाई बन्दाबन्दीको समयमा राहत वितरण गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले तेस्रो पटक पनि बन्दाबन्दी गरिएको छ । बन्दाबन्दीमा परेका नागरिकलाई डाडाफया गाउँका स्थानीयवासी बलिवीर शाहीले खाद्यान्न सहयोग गरेका हुन् । शाहीले अतिविपन्नलाई दुई बोरा चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन, मध्यमखालको घरपरिवारलाई एक बोरा चामल तथा गाउँका अन्य बाँकी घरधुरीलाई प्रतिघर १५ केजी चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन निःशुल्क सहयोग गरेका छन् ।
करिब दुई हप्तादेखिको निषेधाज्ञाले गाउँबाहिर आन्तरिक काम गर्न नपाएर दैनिकी चलाउन समस्यामा परेका तथा आर्थिक अवस्था कमजोर भएका डाडाफयाका नागरिकलाई उक्त सहयोगले केही राहत मिलेको छ । मर्दापर्दा चाहिने गाउँका नागरिक नै भएकाले बन्दाबन्दीको समयमा आफूले सहयोग गर्न पाउँदा अलिकति भए पनि उनीहरुलाई राहत मिलेको शाहीको अनुभव सुनाए । रासस













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया