एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार

काठमाडौं । एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएलपिएल)को क्रेडिट रेटिङ अपग्रेड गरिएको छ ।
रेटिङ संस्था इक्रा नेपालले कम्पनीको सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ अपग्रेड गरेको छ । कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबिबी प्लसबाट बढाएर र एलबिबिबी माइनस गरिएको छ ।
यस्तै, अल्पकालीन रेटिङ ए–४ प्लसबाट सुधार भई ए–३ पुगेको छ । यो रेटिङ अपग्रेडले कम्पनीको समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउने बताइएको छ । कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको बताइएको छ ।
कम्पनीले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको बताइएको छ । कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ भने सञ्चालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ ।
साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको र यसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी बहन गर्ने क्षमता सुदृढ बनाएको हो । यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित छ, जसमा मध्यम लोन टु भ्याल्यु अनुपातमा ध्यान दिइएकाले जोखिम न्यूनीकरणमा मद्दत पुगेको जनाइएको छ ।
यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ ।
सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज प्रा. लि. नेपाल राष्ट्र बैंकको नियमन तथा मार्गदर्शनमा सञ्चालन हुँदै आएको छ। कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ भने काठमाडौंको त्रिपुरेश्वरस्थित शाखाबाट मुख्य सञ्चालन गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
ग्राहकलाई सहज, छरितो र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ।
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया