नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट

काठमाडौं । काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) को अवसरमा बीमितहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।
कम्पनीले विभिन्न कारणले नवीकरण हुन नसकी ‘व्यतीत’ भएका बीमालेखहरूलाई पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।
कम्पनीले जारी गरेको ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ अन्तर्गत बीमितहरूले आगामी वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म यो सुविधा लिन सक्नेछन् । वर्तमान आर्थिक कठिनाइका कारण बीमा शुल्क बुझाउन नसकेका ग्राहकहरूलाई पुनः आर्थिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको हितलाई ध्यानमा राख्दै पहिलो पटक यति ठूलो छुट योजना ल्याइएको बताए । उनले यस ३० दिने अवधिको सदुपयोग गर्दै आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न बीमितहरूलाई आग्रह गरेका छन् ।
देशको करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको नेपाल लाइफले ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत यो सेवा प्रदान गर्नेछ।
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया