सीसीएमसीको सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेको हो । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सीसीएमसीको पुनर्गठन गरेको हो ।
यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।
प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, स्वास्थ्य तथा जनसंख्या, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन्










पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया