रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो। यो रिट पूर्ण इजलासको पहिलो नम्बरमै राखिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ। यस रिटमा अर्को पेसी भने तोकिएको छैन।
गत पुस ३० गते तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। त्यो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
महान्यायाधिवक्ताको निर्देशनपछि चार वटा जिल्ला सरकारी वकिलको कार्यालयले सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र संशोधनको निवेदन पनि दिइसकेका छन्। तर जिल्ला अदालतले यही रिटलाई देखाउँदै यसको टुंगो लागेपछि मात्रै निर्णय गर्ने आदेश दिएका छन्।
















नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया