कोभिड-१९ का संक्रमितलाई सहयोग गर्दै चार्टर्ड एकाउन्टेन्ट संघ

काठमाडौ । कोभिड १९ कोरोना महामारिले नेपालमा हजारौंको ज्यान जानुका साथै लाखौं संक्रमित भएका छन् ।
कोरोना संक्रमितलाई सहजकताका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले काठमाडौमा अक्सीजन सहितको ३ सय शैयाको आइशोलेसन केन्द्र स्थापना गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका वडा नं –१ ईचङ्नारायणस्थित रानीवनको सरकारको खाली रहेको ब्लक ए भवनमा आइसोलेसन केन्द्र स्थापना गरेको चार्टर्ड एकाउन्टेन्ट्स संघका कोषाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए ।
मेरोन्युजसँग कुरा गर्दै उनले भने,“कोभिड १९ को महामारीको असहज अवस्थामा कोरोना पोजिटिभ भै हाल सामान्य लक्षण देखिएका, घरमा रेखदेख गर्ने मानिस नभएका वा रेखदेख गर्ने भएपनि शरीरमा अक्सिजनको सामान्य तहमा कमि हुन सक्छ कि भन्ने मनोविज्ञानले त्रसित भएका, सुगर, प्रेसर लगायत हिडेर आफै आइसोलेसन बेड सम्म जानसक्ने संक्रमितहरुका लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरी अक्सीजन सहितको आइसोलेसन संचालनमा ल्याएका हौं ।”
आइसोलेसन केन्द्र स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, सरकार लगायत सम्पूर्ण सरोकारवालाहरुको हातमा भएकोमा कोषाध्यक्ष घिमिरेले सबैप्रति आभार प्रकट गरे ।
केन्द्रमा अक्सिजनको ब्याकअप, नर्स र चिकित्सकको २४ सै घण्टा निगरानीमा आइशोलेसनले सेवा उपलब्ध गरेको छ ।
३ महिनासम्म सञ्चालनमा ल्याइने आइसोलेसन केन्द्रले क्षमतानुसारको कोरोना संक्रमितलाई निशुल्क सहयोग उपलब्ध गराएको हो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया