दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणका कारण शुक्रबार कम्तीमा ६ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
राजधानी बेरुतबाट प्राप्त विवरणअनुसार, लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रले जारी गरेको विज्ञप्तिमा विभिन्न स्थानमा भएका आक्रमणका कारण क्षति भएको उल्लेख गरिएको छ। वादी अल–हुजैरमा दुई जनाको मृत्यु भएको छ भने स्रिफामा एक जनाको ज्यान गएको छ। त्यसैगरी, याटेरमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्, टाउलिनमा दुई जनाको ज्यान गएको छ भने खिर्बेत सेल्ममा एक जना घाइते भएका छन्।
यी आक्रमणहरू इजरायल र लेबनानबीच अप्रिल १६ र १७ को मध्यरातदेखि लागू भएको युद्धविरामको बीचमै भएका हुन्, जुन पछिल्ला केही हप्तादेखि जारी सीमापार झडप र इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण भएको थियो।
यसै सन्दर्भमा डोनाल्ड ट्रम्पले हालको १० दिने युद्धविरामलाई थप तीन हप्ताका लागि विस्तार गर्ने घोषणा गरेका छन्, जसले क्षेत्रीय स्थिरता कायम गर्ने प्रयासलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया