जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
मेरोन्यूज
२०८३ वैशाख १३ गते १५:४३

काठमाडाैं । जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन्।
गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्। उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थिए।
यस्तै ८० केजी मुनीको तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक जित्न सफल भएका छन्। उनले जापानिज खेलाडीलाई हराएर फाइनलमा स्थान बनाएका थिए। फाइनलमा भने उनी इन्डोनेसियन खेलाडीसँग हार्न पुगे।
८७ केजी मुनी तौल समूहमा सन्देश अधिकारीले पनि रजत पदक जितेका छन्। उनले जापानकै खेलाडीलाई हराएर स्वर्ण पदकको भिडन्त पक्का गर्का थिए। तर फाइनलमा इन्डोन्सियाकै खेलाडीसँग पराजित भए।
२२औं संस्करणको यो प्रतियोगिता २४ अप्रिलमा सुरु भएर २७ अप्रिलमा सकिँदैछ।
सम्बन्धित
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया