सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
मेरोन्यूज
२०८३ वैशाख १४ गते १८:३२

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन् ।
आज यहाँ मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरे। उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ः ०० बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्। गत चैत २९ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया