सोमबार, वैशाख १४, २०८३

सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी

मेरोन्यूज २०८३ वैशाख १४ गते १८:४१

काठमाडौं । निहालजंगबहादुर थापा, प्रदीप खड्का र निसान श्रेष्ठले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार जित हात पारेका छन् ।

Advertisement
NiccNicc

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा निहालले सास्वत वज्राचार्यलाई ६–३, ६–७ र ६–४, प्रदीपले अंकित प्रमाणिकलाई ६–० र ६–० तथा निसानले दीर्घायु लामालाई ६–० र ६–० को सेटमा पराजित गरे । महिला सिंगल्समा प्रकृति श्रेष्ठले प्रशंसा मोक्तानबाट वाक ओभर पाइन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा अभिनव आचार्य/सक्षम शाहको जोडीले सन्जोग अधिकारी÷सन्देश अधिकारीको जोडीलाई ६–० र ६–१, दर्शिल श्रेष्ठ÷सास्वत वज्राचार्यको जोडीले आशिष मैनाली÷डेनियल बाँस्तोलाको जोडीलाई ६–० र ६–२ तथा निसान श्रेष्ठ/दावा शेर्पाको जोडीले विपुल अधिकारी/सोमज श्रेष्ठको जोडीलाई ६–० र ६–१ के सोझो सेट हराए ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा उमिद शेर्पा, अंकित प्रमाणिक, छोमविक्रम शाह, श्रृजनमान सिंह, कुमार तामाङ र सुजेन श्रेष्ठले सफलता पाए । सोही स्पर्धाको डबल्समा मोलिस नकर्मी/समिर गुरुङ तथा नवीन श्रेष्ठ÷धरमसिंह लामिछानेको जोडीले सफलता पाए ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा सगुनशमशेर राणा र कमलबहादुर भण्डारीले जित हात पारे । त्यसै स्पर्धाको डबल्समा रन्जिल बस्नेत/मनीष श्रेष्ठ तथा सेयसर गुरुङ/आशिष सिग्देलको जोडीले जित आत्मासात् गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, सन्जिव श्रेष्ठ, टे ह्वान हुर, उत्तम बोगटी, मछिन्द्र थापा, निराजन श्रेष्ठ, सुनिल गुरुङ र विमलकुमार गुरुङ विजयी भए ।

उक्त स्पर्धाको डबल्समा हेमचन्द्र गुरुङ/राजु गुरुङ तथा राजु राई/बाबुकृष्ण कार्कीको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । ७० वर्षमाथि पुरुष सिंगल्समा धीरबहादुर गुरुङ, ज्ञानेन्द्र ताम्राकार र दीपक श्रेष्ठ जित हात हार्दै अघिल्लो चरणमा प्रवेश गरे ।

प्रतिक्रिया