सोमबार, वैशाख १४, २०८३

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन

मेरोन्यूज २०८३ वैशाख १४ गते १८:४६

काठमाडौं । बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्सले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेर मनाएको छ।

Advertisement
NiccNicc

तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्‍याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ।

यस अवसरमा बीएमसीभी ले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कर्मचारी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त कार्यक्रममार्फत ५१ युनिट रगत संकलन गरिएको छ, जसले देशको स्वास्थ्य प्रणालीलाई सहयोग पुर्‍याउनुका साथै धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको छ। साथै, कम्पनीले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना व्यक्तिहरू लाभान्वित भएका छन्। व्यक्तिगत स्वास्थ्यबारे सचेतना बढाउने र कर्मचारी तथा स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित यी शिविरहरूको आयोजना गरिएको थियो।

पर्यावरणीय जिम्मेवारीतर्फ पनि बीएमसीभीले विशेष ध्यान दिएको छ। कम्पनीले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ। यस पहलमार्फत दिगोपनको महत्त्व उजागर गर्दै भविष्यका पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान गर्ने सन्देश दिएको छ। यसले वातावरणीय प्रभाव घटाउने र सकारात्मक परिवर्तन ल्याउने कम्पनीको प्रतिबद्धता पनि उजागर गर्दछ।

ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले बीएमसीभीले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको थियो। यस क्रममा कम्पनीको टोलीले आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूसँग समय बिताउँदै उनीहरूसँगै भोजन गरेको थियो। यसले सामुदायिक सम्बन्धको महत्वलाई झल्काउँदै आपसी सद्भाव विस्तार गर्न सहयोग गरेको कम्पनीको विश्वास छ। वृद्धाश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूलाई साथ, सहयोग र सहजता प्रदान गर्ने लक्ष्यसहित यो कार्यक्रम गरिएको थियो।

आफ्नो तीन वर्षको यात्रा पूरा भएको असवरमा बीएमसीभीले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगै अगाडि बढाउने प्रतिबद्धता दोहोर्‍याएको छ। यी कार्यक्रममार्फत कम्पनीले आफ्नो दृष्टिकोण केवल व्यापारिक सफलतामा सीमित नभई समाजमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया