गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मेरोन्यूज
२०८३ वैशाख १५ गते १३:००

काठमाडाैं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।
मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो। साथै आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।
शेखरका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । रिटमा उनले गोल्छालाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै रिहाका लागि आदेश माग गरेकी थिइन् ।
गोल्छालाई सीआईबीको टोलीले वैशाख १० गते बिहीबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया