बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त

राँझा (बाँके) । बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा आज आगलागी हुँदा १३ घरगोठ जलेर ध्वस्त भएका छन् ।
फुसको छानो भएको बस्तीमा आगजनीबाट नौ घर र चार गोठ गरी १३ घरगोठ जलेर पूर्ण रूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि गौँ, चामल, दाललगायत खाद्यान्न र कपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
आगलागी भएको जानकारीपश्चात नेपालगञ्ज उपमहानगरपालिकाको र नरैनापुर गाउँपालिकाको गरी दुई वटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालयका प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा आगो नियन्त्रणमा खटिएका थिए । आगलागीबाट भएको क्षतिकोे विवरण सङ्कलन भइरहेको छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेकोे प्रहरी निरीक्षक उप्रेतीले बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया