सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ । कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल प्रेषण गरिएको हो ।
सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्रालयले कीर्तिपुर र त्रिपुरेश्वरमा शिविर सञ्चालन गरेको थियो । कीर्तिपुरमा आयोजित एकदिने शिविरमा ८२ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा ४२ जनाको साधारण स्वास्थ्य परीक्षण, २० जनाको आँखा, २० जनाको दाँत र १४ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको मन्त्रालयले जनाएको छ । शिविरमा ४६ जनालाई निःशुल्क औषधि वितरण गर्नुका साथै केहीलाई मनोसामाजिक परामर्श समेत दिइएको थियो ।
यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तीनदिने शिविरको पहिलो दिन १ सय ४० जनाले सेवा लिएका छन् । सेवा लिनेमा १०१ महिला र ३९ पुरुष छन्, जसमा ४५ जना ज्येष्ठ नागरिक र ५ जना बालबालिका रहेका छन् ।
शिविरमा आएका बिरामीहरूमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस, झाडापखाला, दीर्घकालीन श्वासप्रश्वास र विभिन्न किसिमका संक्रमण तथा चोटपटकको समस्या देखिएको चिकित्सकले बताएका छन् । मन्त्रालयको उच्च नेतृत्वले दुवै शिविरको स्थलगत अनुगमन समेत गरेको थियो ।
















इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया