ग्रामीण भेगको प्रेमकथा ‘काजी’

काठमाडौँ अभिनेता विपिन कार्कीले आफ्नो आगामी चलचित्र ‘काजी’ देखाइएको प्रेम कथा भिन्न रहेको बताएका छन् ।
आगामी जेठ ८ गतेदेखि प्रदर्शन हुने फिल्मको बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेता कार्कीले चलचित्रमा देखिएको ग्रामिण भेगको प्रेमकथा ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने खालको हुने विश्वास व्यक्त गरे ।
उनले भने, “हामीले काजी भन्नेबित्तिकै गाउँको मुखिया वा ठूलाबडालाई बुझ्छौँ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो । काजी परिवारबाट भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको निस्वार्थ प्रेमको कथा हो । अहिलेको प्रविधिले धेरै कुरालाई सहज बनाएको समयमा काजीको प्रेमकथाले भावनात्मक रूपमा जोड्छ ।”
चलचित्रका निर्देशक लक्ष्मण रिजालले चलचित्र ‘कायरा’ निर्देशन गरेको झन्डै आठ वर्षपछि चलचित्र ‘काजी’मार्फत निर्देशनमा पुनः फर्किएको बताउनुभयो । “यसपटक मैले ग्रामीण परिवेशमा आधारित प्रेमकथा ल्याउँदैछु, जसले निस्वार्थ प्रेमलाई प्रस्तुत गर्छ । अहिलेको पुस्ताका लागि यो प्रेम कथा नयाँ हुनेमा विश्वस्त छु । प्रेमको नयाँ कथ्यशैली प्रस्तुत गर्ने कोसिस गरेको छु”, निर्देशक रिजालले भने ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । उक्त चलचित्रमा अभिनेता कार्कीसँगै केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदीलगायतको अभिनय रहेको छ ।
प्रदीप भारद्वाजले पटकथा लेख्नुभएको उक्त चलचित्रमा चिन्तन राजभण्डारीले छायाङ्कन निर्देशन, कालीप्रसाद बास्कोटाले सङ्गीत सिर्जना, सुजिल कर्माचार्यले पाश्र्व सङगीत, कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया